d

प्रधानमन्त्री द्वारा मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रको अवलोकन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सिन्धुपाल्चोक – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकन गरेका छन् । अवलोकनपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै उनले  विपद्बाट जनधनको दीर्घकालीन सुरक्षा गर्नका लागि सुरक्षित ठाउँमा एकीकृत बस्ती निर्माण गर्ने बताए। 

Image: khabarhub

‘यहीँ ठाउँमा त्यसैगरी उस्तै बस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिस नगरौँ । किनभने दुई÷चार वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ’, प्रधानमन्त्रीको भनाइ थियो । 

प्र म ले  अहिले बगरको रूपमा परिणत भएको ठाउँलाई आउँदा दिनमा बागबानी, बगैँचा, खेती, मत्स्यपालन आदि क्षेत्रमा विकास गर्न सकिने धारणा राखे । 

प्रधानमन्त्रीले ओलीले तीन सय ६६ घरका लागि १५ बन्डल जस्तापाता वितरण घोषणा गर्दै त्यो जस्तापाताले तत्काल अस्थायी बसोवासमा सहयोग गर्ने र त्योसँगै ५० हजार रुपैयाँ पनि तत्काल उपलब्ध गराइने बताए ।   

प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङको समेत सहभागिता थियो । 

Views: