d

एमालॆ एकता: अदालतको फैसला भोली, के गर्दै छ कार्यदल?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेकपा एमालेको विवाद मिलाउन बनेको कार्यदलको बैठक आज शनिवार पनि विना निष्कर्ष सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएको र छिटै सहमति हुने विश्वासका साथ आजका लागि बैठक सकिएको नेता भीम रावलले बताए।  

उनले  हिजो सहमतिको मस्यौदा तयार भए पनि शीर्ष नेताहरूसँग थप छलफल गर्ने र आन्तरिक छलफलकाे तयारी जरुरी रहेकाे बताए। 

यस्तै नेता गोकर्ण विष्टले हरेक दिन सहमति हुन्छ भनिए पनि नभएको तर भोलि एकताको सन्देश दिने पक्का भएको जानकारी दिए।   सहमतिलाई औपचारिकता दिन मात्रै बाँकी रहेको नेता विष्टको भनाइ छ । 

सहमतिलाई अन्तिम रूप दिन दिउँसो साढे २ बजे बैठक बस्ने भनिए पनि बेलुकीपख मात्रै बैठक बसेको थियो । कार्यदलमा रहेका माधव नेपाल पक्षका नेताहरू दिउँसो सिंहदरबार गए पनि ओली पक्षका नेताहरू नआएपछि आन्तरिक छलफलका लागि भन्दै वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर थिए । ओली पक्षसँग हुने सहमतिका लागि आन्तरिक छलफल गर्न नेताहरू नेपालको निवास गएका हुन् । 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक धोका दिएकाले परिपक्व सहमति गर्ने नेपाल पक्षको तयारी छ । आज बस्ने बैठकले कार्यदलले तयार पारेको मस्यौदालाई अन्तिम रूप दिने तयारी थियाे । कार्यदलले हिजो शुक्रवार सहमतिको मस्यौदा तयार पारेको हो ।

Views: