d

एमाले कार्यदल: १० घण्टा देखि लगातार बैठक, सहमति नजुट्दा कार्यकर्तामा निराशा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एमाले कार्यदल: १० घण्टा देखि लगातार बैठकाठमाण्डाै – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक झन्डै १० घण्टादेखि बसिरहेको छ । बिहान ११ बजे सिंहदरबारमा बसेको बैठक अझै सकिएको छैन ।

बैठकका बीच–बीचमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरू ब्रिफिङका लागि दुई नेताकोमा जाँदै–फर्कँदै गरेका छन् ।

आज बिहानै सहमति हुने र एमालेका कार्यकर्ताले खुसीको खबर सुन्न पाउने बताएका नेताहरूले आज पनि सहमतिको खोजी गरिरहेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवाद चुलिँदै गएर पार्टी नै फुट्ने अवस्थामा पुगेपछि कार्यदल बनाएर विवाद समाधानको प्रयास भइरहेको छ । 

Views: