d

गौरादह ६ः वाख्रा वितरण गर्दा अनियमितता भएको स्थानियको आरोप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल / पुष्प आर जे

पर्दाफास असार २८, झापा: गौरादह नगरपालिका वडा नं. ६ मा उन्नत भन्दै वितरण गरिएको बाख्रा वितरण गर्ने वित्तिकै विवादित बनेको छ । 
उन्नत जातको  बाख्रा वितरण कार्यमा पारदर्शिता नदेखिएको, समानुपातिक तवरले वितरण नगरिएको, वितरण गर्दा उपभोक्ता समितिमा बसेकै व्यक्तिबाट जालझेल गर्दै बाख्राका पाठाहरु आसेपासेलाई वाढेँको, लगायतका आरोप झेल्नु परेको छ । 


किसानहरुले सञ्चारकर्मीलाई आमन्त्रण नै गरेर बाख्रा वितरणमा गम्भिर त्रुटि रहेको बताएका छन् । 


आफुहरुलाई वेग्लै जातको वोयरको पाठा दिएर वितरण समितिमा बसेकाहरुले गुणस्तरिय जातको वोयर जातको बाख्रा लगेको समेत उनिहरुको आरोप छ । 


वोयर जातको बाख्रा वितरण गर्दा सुझबुझ नपु¥याएको भन्दै वडा कार्यालय र उपभोक्ता समिति माथि उनिहरुले आरोप लगाएका छन् । 


वितरित बाख्राको गुणस्तरमा समेत किसानहरुले प्रश्न उठाएका छन् । 


रातो वोयर हुँदै नहुने भन्दै पशुपालक किसानले वडा कार्यालयले आफुहरुलाई झुक्याएको आरोप लगाएका छन् ।


‘रातो वोयर अहिले सम्म सुन्न पाएको छैन, रातो वोयर भनेर नक्कली पाठा  दिन पाईन्छ ?’, पशुपालक  किसानहरुको प्रश्न छ । 

 

तपाईँको वडामा बाख्रा वितरणमा अनियमितता भएको स्थायानियको आरोप रहेछ, सत्यतथ्य वताईदिनुस् न भन्ने पर्दाफास प्रतिनिधीको जिज्ञासामा वडा नं. ६ का वडा अध्यक्षको भनाई जस्ताको तस्तैः


'पशुको डाक्टरले यो जातका बोका ठिक छन् भने पछि हामीले ल्याउने निधो गरेका हौँ, पशु शाखाका प्राविधिकले रेड वोयर राम्रो हुन्छ भनेपछि ६ वटा बाख्रा ल्याएर वितरण गरिएको हो, हामीेले उन्नत जातको बाख्रा कै लागि भनेर ३ लाख छुट्याएका थियाँै, ६ वटा बाख्रा वितरण गर्दा रोजेर लान भनेकोमा कसको भागमा कुन प¥यो भन्ने कुरा हो । सबै जना सन्तुष्ट नै भइ रहदा एक जना किसानले मलाई यो बाख्रा मन परेन भन्नुभएको छ । वडा कार्यालयले ३ लाख दिएकोमा त्यो पैसाले नपुग्ने भएपछि ५ हजारको दरले उठाउदा मेकअप हुन्छ भन्ने सल्लाह समेत भएको हो, कहाँबाट कसरी खरिद गरियो भन्ने बारेमा वडामा विल हेर्दा थाहा भै हाल्छ ।'


३ लाख रुपैँयामा ६ वटा बाख्रा वितरण गर्नुभएछ, बजेटमा त हिनामिना पो देखिए जस्तो छ त वडाध्यक्ष ज्यू भन्ने जिज्ञासामा पराजुली भन्छन्, ‘के लाई हिनामिना भन्ने र? एउटै बोको ४०/५० किलोको पनि छ, सबै बाख्राहरु एकैनासे छैनन, तपाँईहरु आउनुहोस् न वडा कार्यालयमा विल छ, सवै जानकारी भईहाल्छ नी ?’


के हो रेड वोयर?


नगर पशु शाखाका प्रमुख सन्तोष भन्डारी रातो प्रजातीको वोयर बजारमा आइसकेकोले  यसमा खासै शंका गर्नु नपर्ने बताउछन् । यो प्रजाती अफ्रिकन व्रिड भएको, विश्वभर लोकपृय हुँदै गएकोले नेपालमा पनि रातो वोयरको माग बढ्न थालेको उनको भनाई छ ।

‘‘वोयरका प्रजातीहरु विकशित हुँदै जाँदा फरक फरक रंगमा देखिन सक्छन् । रंग कै आधारमा वोयर यस्तो हुनुपर्छ भन्न मिल्दैन, झलक्क हेर्दा रेड वोयरहरु वोयर प्रजातीका होइनन् की जस्तो देखिएता पनि खासमा यिनीहरु पनि वोयर नै हुन्।’, भण्डारीले पर्दाफास संग कुरा गर्दै भने ।


नेपालमा रेड वोयरपालक कृषकको संख्या बढ्दै गएको र नेपालको हावापानी सुँहाउदो जात भएकोले रेड वोयरमा किसानको आकर्षण बढ्न थालेको पशु शाखा प्रमुख भण्डारीको धारणा छ ।


किसानहरुले हामी संग भरोसा गरेका हुन्छन्, हामीले पनि ओरिजिनालिटी हेरेरै किसानहरुलाई बाख्रा वितरण गर्नु पर्ने हुन्छ, वहाहरुलाई सन्तुष्ट पार्न सक्दा भोलीको दिनमा हाम्रै देश समृद्ध बन्ने हो।’, गौरादहका ६ का किसान चिन्तित भएको बारे आफुले पनि जानकारी पाएको र फिल्डमै गएर वहाँहरुको समस्याबारेमा छलफल गरिने भन्डारीले बताए । 

रोग प्रतिरोधात्मक क्षमताको आधारमा समेत उच्च मुल्यांकनमा परेको रेड वोयरहरु इन्टरनेट प्रयोगकर्ताले उल्लेख गरेको पाईन्छ । 


रेड वोयरलाई दक्षिण अफ्रिकन सरकारले समेत मान्यता दिएको पाईन्छ । रेड वोयरलाई कालाहारी रेडको नामले प्रचलित छ । 


अफ्रिकन वोयर प्रजातीमा कालाहारी रेड वोयर बाहेक ‘सा वोयर गट’ र  ‘सा भाना गट’ लाई दक्षिण अफ्रिकन सरकारले मान्यता दिएको पाईन्छ । 


नेपालमा विभिन्न प्रजातिका बाख्राहरुलाई बोयर भन्दै विक्रिवितरण गर्ने गरिएको भनें यथार्थ नै हो  । 


वोयर भन्दै अन्धाधुन्ध रुपमा लगानी गर्दा किसानहरुले ठुलो नोक्सानी वहोर्नु पर्ने हुँदा अनुदान दिने निकायले सस्तो जातका बाख्रा वितरण गर्दा बाख्रापालक कृषकलाई प्रत्यक्ष असर पर्ने भएकोले समयमा सचेतना नअपनाए  गम्भिर आर्थिक नोक्सानी हुन सक्ने सरोकारवालाहरु बताउँछन् ।
 

 गौरादह ६ मा बाख्रा वितरण गर्दा देखिएको समस्या वारेको समाचार पुनः प्रकाशन गरिने छ।
 

Views: