d

देभिन रिमालको 'जिन्दावाद जिन्दावाद' भाग-२

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️.देभिन रिमाल  जिन्दाबाद र मुर्दाबादमा रुमलीएका भक्ते हरु फगत छाक टार्न चिच्याइरहेका रहेछन ! आवाज सबैले सुन्ने तर आवश्यकता कसैले नदेखेकै रहेछ । 
इशाराले आँखा सन्काएर मुख चुचो पारेर भक्तेले उसकी छोरीलाइ झरेको पैसा देखायो र टिप्न अह्रायो, कान्छीले
उसको इशारा टपक्कै टिपी अनि पैसा पनि ...! 

उ खुर्र कुदेर आइ अनि बाबुको हातमा पैसा थमाउदै निर्दोषीताका शब्दहरु बोली " बा..बा पाँच पाँच .." चुप चुप चुप " भक्तेले गोजीमा हात घुसार्दै आत्तीएर छोरीलाइ चुप गरायो ..! उसकी छोरी पैसा चिन्ने थिइ या भक्ते पैसाको चिन्ह लुकाउन चाहान्थ्यो, पाँच मै अवस्था मौन रहयो ...!
पाँच रुपैयाँ या पाँच सय ......! 

भक्ते दाइ यसपाली भोट कस्लाइ हौ ?" मेरो प्रश्न सुनेर हात टेकेर जिउ ढल्काएर भुँडी कन्याउदै गरेको भक्ते अलि सतर्क भयो र बोल्यो " यीन ठ्यास्नी हरु जल्लाइ दे पनि जरो उखल्ने हैनन गाठे !" उसले कानमा चेपेको ठुटो चुरोट ओठमा चेप्दै भन्यो ! " तै पनि .." मैले उत्सुकता पोखे .. 

" पोरपरारै यस्तै भोटका बेला फलानो पाटीका मान्छे जुलुशा हिडेका बेला एक हजार भेटेथे गाठे !; त्यो बेला तिनै लाई भोट देको थे , अब यसपाली जुन पाटीको जुलुशा धेरै भेटीन्छ तेसैमा दच्काउनु पर्ला हौ !" उ अट्टाहसका साथ हास्यो ... बाख्राको पाठो घाँस देखेर दगुर्दै थियो ...
उसले हासोमा आफ्नो अभाव र अनबीज्ञता लुकाउन कोसिस गरेको प्रष्ट देखिन्थ्यो । मैले बहस गर्न सकिन । उसको निर्दोष अनुहार दया लाग्दो थियो ... भाषणमा झै नफेरीएको मुहार । 
म घर जान लागेको बस्नु पछाडी साइकलमा सङ्गै जाम"! साइकल चढ्दै मैले भने , दुइजना साइकल यात्री नियन्त्रण गुमाएर हाम्रै सामु लडे ...! " उ त्यस्तै हुन्छ ।" भक्ते फेरि हास्यो, सबैले भक्तेलाइ हेरे ... भक्तेको हासो उ बोलेको शब्दमा भन्दा लडेका मान्छेमा केन्द्रीत थियो र साबिकको भन्दा ठूलो थियो । साइकल बाट लडेका मान्छे लजाए .. सायद भक्ते सङ्ग रिसाए पनि ....... 


भोलि पल्ट साझ तिर भक्ते भट्टीमा भेटीयो... 
दिउसै देखि रक्सी पिएर बसेको छ , 

" बज्ज्या डाका हरु म जस्तो गरिबको झुप्रो नगरपालीकाको बाटोमा परो भनेर मान्छे डुब्ने खाल्डो खनेर भत्काइदिए , 
त्यही भड्खालामा परेर नष्टीनु नि सबै !" भक्तेले रक्सीको शुरमा आवेग पोख्यो ..! झिगो उडेर आयो र उसको रक्सीको गिलासमा डुब्यो । 
"म गरिबको आशुले पोल्छ लाखेस बज्ज्या हो !" उ फेरि चिच्यायो र गिलासमा डुबेको झिगो औलाले निकाल्यो अनि स्वाट्ट रक्सी पियो ...! 
झिगो रक्सीमा डुबेर मर्यो भक्ते मात्यो ! 
" हाम्रा महान नेता ... जिन्दाबाद! जिन्दाबाद !! 
फलानो पार्टी ... जिन्दाबाद ! जिन्दाबाद !! 

साझको बेला फेरि नारा सहित आएको जुलुश देखेर भक्ते जङ्गीयो । 
उ जुरुक्क कुर्सी बाट उठ्यो घुडाले टेबल ठोक्कियो गिलासको रक्सी पोखीयो । 
" के को जिन्दाबाद ? किन जिन्दाबाद ?" 
बज्ज्या हो ..." उ रक्सिको गिलास उठाउदै भित्र बाटै चिच्यायो । 
बाटोको बत्ती धपक्क बल्यो भक्ते लाई कसैले सुनेन ..! 

" तिमेरु बज्ज्या हरु नै जिन्दाबाद ? " 
" म जिन्दाबाद ! मेरो स्वास्नी जिन्दाबाद ! 
मेरो घर,मेरा छोरा छोरी जिन्दाबाद ! उ तिरिक्क रोयो । टेबलमा पोखिएको रक्सीले बाटो बनाएर भुइमा झर्न थाल्यो , उसको खाली खुट्टा लपक्क भिज्यो अनि आँखाको बाटो गरेर झरेको आँसु मिसीएर .... 

भक्ते जिन्दाबाद घोकेर भिडको पछि लागेन .. 
उ लरबराउदै घर तिर लाग्यो .... रात भरी पानी परीरहयो । 
भक्ते रात भरी रोयो कि रोएन तर पानी थाम्ने घरको छानो चै रहेन ....! 

बिहानैको मिरमिरेमै खबर आयो भक्ते बाटोको खाल्डोमा डुबेर ढाडीरहेको फेला पर्यो रे .... उसका परिवारले रात भरी खोजेका रे उ घर अगाडी कै खाडलमा डुबीरहेछ ...! 
सायद भक्ते रात भरी आकासमा गएर रोएछ ...! 


बाँस काटीयो अनि लास बाधीयो अलि अलि गर्दै मान्छेको भिड बढ्न थाल्यो ... कसैले भक्तेको बियोगमा आँसु झारेनन तर दुखी सबै देखिन्थे । उसकी कान्छी छोरी भक्तेको छेउमा थिइ तर उ भिड देखेर अचम्मीत थिइ । 

कसैले चन्दा उठाए कसैले धान खोजेर ल्याए र भुटे अनि खुजुरा पैसा हालेर टिला बनाए ... 
भक्ते अगाडी अगाडी हरियो बासमा थियो अरु सबै भक्तेको पछाडी पछाडी टिला छर्दै घाट तिर लागे ...! 
भक्तेकी कान्छी छोरी भिडको अन्त्यमा छरेका टिला टिप्दै भक्तेको पाइला पछ्याइरहीथी ....! घाटको हैन ... जिन्दाबादको । 

स्मृतिमा .. भक्ते हरियो बाँस बाट फुत्त फाल हान्यो र उसको भिडको पछाडी आएर टिला टिप्न थाल्यो र बोल्यो ..." म जिन्दाबाद ! जिन्दाबाद !!" 

अनि सबैले भन्दै थिए " राम नाम सत्य हो !" 
मैले मनमनै भने " भक्ते जस्ता लाखौ भक्ते हरु -..... जिन्दाबाद ! जिन्दाबाद !!

Views: