d

प्रतिनिधि सभा पुनः स्थापना, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको छ । सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शससेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको संवैधानिक इजलासले संसद पुनःस्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश जबरा नेतृत्वको ५ सदस्यीय इजलासमा यही असार २१ गते सुनुवाई सकिएको थियो ।

प्रतिनिधिसभा विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले संवैधानिक इजलासले मुद्धा दायर गरेका थिए । सर्वोच्चले विपक्षीको नाममा फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।

गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सिफारिसमा राष्ट्रपति विद्यिादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गरेकी थिइन् । यसअघि २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । तर, सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको थियो ।

Views: