d

आज साँझ ५ बजे देउवाले प्रधानमन्त्रीको सपथ लिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।  सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने तयारीमा छन्।

शेरबहादुर देउवाले केपी शर्मा ओलीविरुद्ध गठबन्धन निर्माण गरेका सबै दललाई समेटेर सरकार बनाउने भएका छन् । सोमबार कोटेश्वरमा गठबन्धन बैठकले देउवाले सर्वोच्चको आदेश बमोजिम आज नै सपथ ग्रहण गर्ने र सपथका बेला सबै दलका नेतालाई समेटेर सानो आकारको मन्त्रिपरिषद् बनाउने सहमति गरेको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

Views: