d

युवासंघ नेपाल र अनेरास्ववियूको आयोजनामा ओलीको गृह क्षेत्रमा विरोध सभा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री के पी ओलीको  गृह क्षेत्र झापाको गौरादह नगरपालिका स्थित ग्वाडुबा बजारमा सर्वोच्च अदालतले असंवैधानिक फैसला गरेको भन्दै आज पनि  विरोध कार्यक्रम आयोजना गरिएको छ।

संसद पुनर्स्थापना गर्ने कार्य गणतन्त्र विरुद्दको फैसला भएको भन्दै युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा विरोध सभा गरिएको हो।

उक्त बिरोध कार्यक्रम राष्ट्रिय युवा संघ गौरादह नगर अध्यक्ष बिपिन ओझा ले संचालक गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सम्भु भण्डारी  अनेरास्ववियु केन्द्रिय सदस्य तथा झापा  जिल्ला अध्यक्ष समर्पण खतिवडाले  देशी बिदेशी प्रतिकारबादीका षड्यन्त्रमा जे आदेश भएको छ नेपाली युवा यो मान्न तयार छैनन ।सर्वोच्चद्वारा जारी फैसला लोकतन्त्र र कानुनी शासनको बलात्कार मात्र नभएर नेपाली इतिहासमा कालो अध्यायको सुरुवाती चरण भएको र नेपाली युवा र नेपाली जनता राजनेता केपि ओलीका पक्षमा छन, प्रधानमन्त्री ज्यु नझुक्नुस भनी अघि बढ्नलाई आग्रह गरेका छन ।

विरोध कार्यक्रममा राष्ट्रिय  युवा संघ नेपाल र अनेरास्ववियूका स्थानिय देखि केन्द्रिय नेतृत्व सम्मका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो भने संविधान सभा सभासद दिपक कार्की , नेकपा गौरादह नगर अध्यक्ष मित्रदेब काफ्ले , लगायत युवा संघ , अनेरास्ववियु र एमालेका स्थानिय नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Image provided by: Nigesh shrestha

Views: