d

कोभिड खोपको माग गर्दै विर्तामोडका निजि शिक्षकले बुझाए ध्यानाकर्षण पत्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: विर्तामोड नगरपालिकामा कार्यरत निजि शिक्षक तथा कर्मचारीले कोभिड खोप लगाउन पाउनु पर्ने माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्।  संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु विद्यार्थी र अभिभावकको निरन्तर सम्पर्कमा रही समुहमा नै रहेर काम गर्नु परेकाले शिक्षक कर्मचारी कोभिड संक्रमणको जोखिममा रहिरहेको अवस्था जोखिमबाट बच्न कोभिड खोपको माग गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाइएको हो।  

हाल नेपाल सरकार स्वास्थ्य बिभागले विद्यालयका शिक्षक कर्मचारीले कोरोना खोप लगाउने लक्षित बर्गमा राखिसकेको ध्यानाकर्षण गराउदै शिक्षक कर्मचारीलाइ पहिलो प्राथमिकतामा राखेर तत्काल खोप उपलब्ध गराइदिन माग गरिएको छ।  

विर्तामोड नगरपालिकामा करिब १५ सयको हाराहारीमा शिक्षक तथा कर्मचारी रहेको बताइएको छ।  

संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) नगर समितिका अध्यक्ष रमा ढुंगाना, उपाध्यक्ष कमल भट्टराई तथा  सचिब सी एम खरेलले कार्यकक्षमै गैर हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्र  बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले शिक्षकको मागलाई सकारात्मक रुपमा लिंदै ध्यानाकर्षण पत्रलाई कार्यपालिका बैठकमा पेश गर्ने बताए।  

 

ध्यानाकर्षण पत्र पूर्ण अंश 

श्रीमान नगरप्रमुख ज्यु,
बिर्तामोड नगरपालिका, 

बिषय- शिक्षक कर्मचारीलाइ खोप उपलब्ध गराउने सम्बन्धमा !

प्रस्तुत विषयमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु विद्यार्थी र अभिभावकको निरन्तर सम्पर्कमा आइ समुहमा नै रहेर काम गर्नु परेकाले शिक्षक कर्मचारी कोभिड संक्रमणको जोखिममा रहिरहेको अवस्था जानकारी गराउन चाहन्छौ साथै बिर्तामोड नगरपालिका भित्र रहेका संस्थागत विद्यालयमा १५०० शिक्षक तथा कर्मचारी कार्यरत रहेको कुरा पनि जानकारी गराउन चाहन्छौं। हाल नेपाल सरकार स्वास्थ्य बिभागले विद्यालयका शिक्षक कर्मचारीले कोरोना खोप लगाउने लक्षित बर्गमा राखिसकेको हुदा यस नगरपालिकाले हामी शिक्षक कर्मचारीलाइ पहिलो प्राथमिकतामा राखेर तत्काल खोप उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौ !
 

Views: