d

प्रचण्ड र विप्लवबीच भेटघाट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न महासचिव चन्द प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
माओवादी र नेपाली कांग्रससहितको सरकार बनेको भोलिपल्ट चन्दले प्रचण्डलाई भेटेका हुन् । चन्दसँगै अर्का नेता धर्मेन्द्र बास्तोला पनि खुमलटार पुगेका थिए ।
यसअघि शान्ति प्रक्रियामा आएपछि विप्लवले प्रचण्डको लगातार आलोचना गर्दै आएका थिए । विप्लव, प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा माओवादीमा विद्रोह गरी अलग भएका हुन ।

Views: