d

६ सय मिटर चौडा रतुवा खोलामा २ सय मिटरको पुल,नाउ नचढे पारी तरिदैन (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कमल श्रेष्ठ / खेमराज कडरिया 

नेपालको चुरे पाहाड बाट दमक हुदै  झापाको तल्लो भेग हुलाकि राजमार्ग हुदै बग्ने गर्छ रतुवा खोला ।

 

No description available.


रतुवा खोलामा हरेक बर्षको छठ पर्वको दिन छठि मैयाको मनमोहक दृश्य देखाउने रतुवा खोलाको आफ्नै पुरानो पिडा छ।

 

No description available.


बर्षको मध्यमा रतुवा सजाउने तल्लो भेगका बासिन्दा हरुले बर्षको सुरुमा यहि खोलाको सास्ति भोग्नु पर्छ।
राष्ट्रिय गौरबको आयोजना हुलाकि राजमर्ग हुदै झापा मोरङ्ग जोड्ने यो खोलाले बर्षाको बेला झापा मोरङ का बासिन्दा हरुको सम्बन्ध टुटाउने गरेको छ।

No description available.

 

अनगिन्ति सरकार परिवर्तन भई सक्दा पनि याहाका जनताको पिडामा मलम लगाउने कोहि भएनन्।

 

No description available.

 

खोलाले दिएको पिडामा मनलाई दह्रो बनाउदै पुरानो काठको ढुङ्गाबाट यात्रु , मोटरसाईकल , रसायनिक मल तथा तरकारि को ठुलो जोखम उठाएर वारि पारि गर्ने गर्छन याहाका बासिन्दा हरु जाहा सयौ झापा मोरङ बासिले सास्ति खेप्नु परेको छ। रतुवामा साढे १० करोडको लागतमा २०५ मिटर लामो पक्कि पुल निर्माण भएको छ , तर त्यो पुल बाट सर्वसाधरण अावतजावत गर्न सक्दैनन् । २०७२ जेठमा कालिका ओभरसिज ले निर्माण सम्पन्न गरेको उक्त पुल आज पनि यस्तो दयनिय अबस्थामा रहिरहेको छ जहा झापा मोरङ गर्ने सयौ यात्रु हरुले समस्या खेप्नु परेको छ। करोडौँ लगानि गरेर बनाएको पुल  निर्माण सम्पन्न भएको बर्षौ भई सक्दा पनि झापा मोरङ् सहज यात्रा हुन सकेको छैन । नगरपालिका र गाउपालिका ले नै ठेक्का लगाई अस्थायी भाटाको पुल बनाई यात्रु बाट पैसा उठाउने गरेको छ । अस्थायी पुल निर्माण गर्ने ठेक्केदार मध्यका एक दाह्रि गंगा भनिने गंगा गन्गाइ ले आफुले लकडाउन हुनु भन्दा अगाडिका बर्षहरुमा २ देखि २.५ लाख सम्म नगरपालिका , गाउपालिका लाई बुझाउने गरेको र लकडाउन यता कुनै पनि ठेक्का बताउनु हुन्छ।

 

No description available.


छठ पर्वको दिन रतुवा लाई सजाउने स्थानिय हरुको जिवन पनि सरकारले चाडै सजाईदियोस्। पुल बनिसक्दा पनि पुल बाट गर्न नसक्ने हुदा नाँउको प्रयोग गरि वारिपारि गर्नु पर्छ , याहाका ३ तिन जनाले यसरि नै डुङ्गा बाट जोखिम पुर्ण यात्रा गर्दा रतुवा सगै आफ्नो जिवन सधैका लागि बगाएर गए ।

 

No description available.


विगतका बर्षहरु जस्ता बर्ष आगामि दिनमा नबनुन् , जनतालाई अग्रिम बधाई र र सरकार लाई शुभकामना ।

 

No description available.
No description available.

 

No description available.

 

No description available.

Views: