d

सामाजिक सुरक्षा भत्ता  वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ वडा कार्यालयबाटै चोरी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सामाजिक सुरक्षा भत्ता  वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ वडा कार्यालय बाटै चोरी 

बझाङ – बुङ्गल नगरपालिका ९ र ११ को सामाजिक सुरक्षा भत्ताबापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मङ्गलवार राति चोरी भएको बताइएको छ । 

सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको  र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताए । 

वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताए।  

त्यस घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । झन्डै २१ लाख ९१ हजार रुपैयाँ वितरण गरिसकिएको र ३९ लाख रुपैयाँ वितरण गर्नका लागि राखिएको जनाइएको छ । उज्यालो। 

Views: