d

नवनियुक्त प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं:-नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सरकारी निवास सर्ने हुनुभएको छ। मंगलवार प्रधानमन्त्रीमा नियुक्त देउवाले सोही दिन शपथ तथा कार्यभार सम्हालेता पनि आज बालुवाटार सर्नु हुने भएको छ। देउवाको सचिवालयका अनुसार शुक्रवार बिहान ९:५७ को साइत पारेर देउवा बालुवाटार सर्न लाग्नु भएको हो।
 ‘आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उहाँ बालुवाटार निवास सर्नुहुन्छ,’ स्रोतले भन्यो ।
यस अघि देउवा निजि निवास बुढानीलकण्ठमा बस्दै आउनु भएको थियो।

Views: