d

ओलीले जाँदाजाँदै १ करोड डोज खोप ल्याउन सफल भए:  कमल थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निवर्तमान ओली नेतृत्वको सरकारले करिब १ करोड डोज कोरोना खोप ल्याउन सफल भएको बताएकाछन्।  सामाजिक संजालमा विचार सार्वजनिक गर्दै अध्यक्ष थापाले  के पी नेतृत्वको सरकार १ करोड डोज खोप ल्याउन सफल भएको बताएका हुन्।  
शुरुमा केही अलमल र विवाद भएपनि जाँदाजाँदै ओली सरकारले करिव एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था सुनिश्चित गरेकोमा धन्यवाद दिएका छन्।  साथै उनले देउवा नेतृत्वको सरकारलाई खोप अभियानमा कार्यसफलता मिलोस भन्दै शुभकामना दिएका छन् । 

सामाजीक संजाल फेसबुकमा उनि यस्तो लेख्छन् :

शुरुमा केही अलमल र विवाद भएपनि जाँदाजाँदै @kpsharmaoli को सरकारले करिव एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था सुनिश्चित गरेकोमा धन्यवाद दिनैपर्छ। @DeubaSherbdr को सरकारले अब अभियानको रुपमा खोप लगाउने तथा थप खोप ल्याउने कार्यमा सफलता प्राप्त गर्ने आशा गर्दै शुभकामना दिन्छु

 

Open Photo
 

Views: