d

एमाले स्थायी कमिटी बैठक: उपाध्यक्ष गौतम अनुपस्थित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् ।
केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी भएका थिए । उक्त बैठकमा गौतमले गुण र दोषका आधारमा आफूले समर्थन वा विरोध गर्ने बताएका थिए ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बसिरहेको छ । माधव नेपाल पक्ष उपस्पस्थित भएको बैठकमा उपाध्यक्ष गौतम भने सहभागी भएका छैनन् । ओलीलाई बैठक स्थगित गर्न भन्दै बैठक स्थल पुगेको नेपाल समुह पनि अहिले बैठक स्थलबाट बाहिरीएकोे छ।

Views: