d

केही दिनमै अर्थतन्त्रकाे अवस्था समेटेर श्वेत पत्र जारी गर्छाैँ : मन्त्री शर्मा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले अहिलेकाे अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेत पत्र जारी गर्ने बताएका छन् । शुक्रवार अर्थ मन्त्रालयमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेत पत्र जारी गर्ने बताएका हुन्। 

उनले भने, ‘अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेत पत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ ।’

Image: The Kathmandu Post

अर्थमन्त्री शर्माले पुँजी बजारमा समस्या रहेको पनि बताए । पुँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुने गरी नीति निर्माण गर्ने उहाँले बताए ।  ‘पुँजीबजार लगायतका समस्या छन् । त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्नेबारेमा पनि हामी नीति निर्माण गर्नेछौँ ।’, ;शर्माले भने। 

अर्थ मन्त्री शर्माले अध्यादेशमार्फत आएको आर्थिक वर्ष २०७८/०७९ को बजेट आउँदाे संसद् बैठकमा पेस हुने र बजेट पास हुने/नहुने त्यसपछि नै निर्क्याैल हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बजेटलगायतका विषय छन् । अध्यादेश छ । अध्यादेश सदनमा प्रस्तुत हुन्छ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकार/अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्ने कुरा त्यहाँ गइसकेपछि तपाईँहरूलाई जानकारी हुने नै छ ।’

सरकारको समग्र योजना निर्माण भइसकेपछि त्यसैको आधारमा अर्थ मन्त्रालयको भावी योजना र कार्यक्रमबारे बताइने पनि उहाँको भनाइ छ । 

Views: