d

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाण्डाै – चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी  चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी गराएकी हुन् ।

Image: Himal Sanchar

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये आठ लाख डोज पनि आइसकेको छ ।

प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच भएको भेटमा कोरोना महामारीविरुद्ध सहकार्य तथा दुई देशको सम्बन्धबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।  

Views: