d

लुम्बिनी प्रदेश: सरकार चलाउनै धौ धौ, अध्यादेश बाट ल्याइयो बजेट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रूपन्देही – लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश विनियोजन अध्यादेश २०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गरेसँगै अध्यादेशबाट बजेट आएकाे हाे । 

संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको थियो । अध्यादेशबाट ल्याएको बजेट प्रदेश सभामा प्रस्तुत बजेट नै रहेको प्रवक्ता बैजनाथ चौधरीले बताए।  

प्रदेश सभाको बजेट अधिवेशनबाट बजेट पारित नहुने देखिएपछि प्रदेश सरकारले बिहीवार राति प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले संसद् छलेर अध्यादेशको भरमा शासन गर्ने मुख्यमन्त्री शङ्कर पोखरेलको शैली अप्रजातान्त्रिक भएको आरोप लगाएको छ ।

८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाकाे ठाकुर समूहका तीन सहित ४१ जना सदस्य रहेका छन् । विपक्षी गठबन्धनसँग सभामुखसहित ४२ सदस्य रहेका छन् । विपक्षी गठबन्धनले संसदबाट बहुमत पुष्टि गर्न मुख्यमन्त्री पोखरेललाई चुनौती दिँदै आएका छन् । उज्यालो। 

Views: