d

युरोपमा बाढी: ३ सय बेपत्ता, १ सय २५ को मृत्यू 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जर्मनीसहित पश्चिम युरोपेली मुलुकमा दशकयताकै भीषण बाढीमा मृत्यु हुनेको संख्या १२५ पुगेको छ । बाढीमा परेर अझै ३ सय भन्दा बढी बेपत्ता भएका छन्

जर्मनी र बेल्जियममा मात्र १ सय २५ जनाको मृत्यु भएको छ । यसमध्ये जर्मनीमा मात्र १ सय जना र बेल्जियममा कम्तिमा २५ जनाको मृत्यु भएको जनाइएको छ ।

वर्षापछि आएको बाढीले पश्चिम तथा दक्षिण जर्मनीको गाउँहरु डुबानमा परेका छन् । अझै सयौं मानिस घरमै रहेकाले तिनीहरुको उद्दार जारी रहेको सरकारी अधकिारीहरुले जनाएका छन् ।

वर्षा नरोकिएकाले थप सतर्कता आवश्यक रहेको भन्दै प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न चुनौती भएको उद्दारमा संलग्नहरुले बताएका छन् । हराइरहेकाहरुको खोजी जारी रहेकाले मृतकको संख्या अझै बढ्ने त्यहाँको सरकारले जनाएको छ । नेपाल टप। 

Views: