d

नेपाल समूह कांग्रेसकै भाई हो, भाई कांग्रेसले ६ वटा मन्त्रालय पाउदैछ - गोकुल बाँस्कोटा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले सरकारको पूर्णता नभई एमालेको विवादको अन्तिम पटाक्षेप नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले एकताको लागि बल देउ भन्दै भीमसेन गुहारेका छन । त्यस्तै, उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीका माधव नेपाल समूहपनि सहभागी हुने संकेत गरेका छन्। 

उनले नेपाल समूहलाई कांग्रेसकै प्रमुख भाइको संज्ञा दिँदै भनेका छन्, ‘ट्विटर ह्याण्डलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाइं ? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९+ प्रमुख भाई कांग्रेस ६+ कम्फरटेवल कम्युनिष्ट ५+ जसपा बाह्र भाई ५ हुने सम्झौता भयो भन्ने छ । परमादेश सरकारको पूर्णता भनइ एमाले विवादको अन्तिम पटाक्षेप नहुने । बल देऊ भिमसेन –एकता !’

Views: