d

नेकपा महासचिव विप्लबको अर्का कम्युनिस्ट नेता मोहन वैद्य संग भेट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणबीच भेट भएको छ। 

केही दिनयता पूर्व सहकर्मीहरुसँगको भेटघाटमा सक्रिय रहेका विप्लवले शनिबार वैद्यलाई भेटेका हुन्। भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा निर्माण र समसामयिक राजनीतिका विषयमा छलफल भएको विप्लवले सामाजिक सञ्जालमार्फत जनाएका छन्। 

Image: Annapurna Express

यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए। 

Views: