d

जनकपुर–जयनगर रेल सेवा सुरु हुने संकेत, आज रेलवे ट्रयाकको गति परिक्षण हुँदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाडौँ : लामो समय देखि सञ्चालनको प्रतिक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण गरिँदैछ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल्वे सेवा संचालनका लागि रेल्वे ट्रयाकमा आइतवार ‘ट्रयाक स्पीड’ परीक्षण गरिने जानकारी दिए ।

Imge: jantasamachar

परीक्षणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पीड’ परीक्षण गरिने बताए । ‘ट्रयाक स्पीड’ परीक्षण रेल सेवा संचालन गर्नु पूर्वको महत्वपूर्ण प्रक्रिया हो ।

उनले भने, ‘‘भारतको इस्ट–सेन्ट्रल रेल्वे कम्पनीको डिजल लोकोमोटिभ रेल आइतबार प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्ने छ र जनकपुरबाट सो रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा पुनः जयनगर फर्किने छ ।’’

महाप्रबन्धक भट्टराईले अगाडि थपे, ‘‘परीक्षणको क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्रयाकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्रयाक रेल सेवा संचालनको लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्ने छन् ।’’

आइतबार रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सर्वसाधारणका लागि सार्वजनिक सूचना गर्नुका साथै जनकपुरदेखि भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

सरकारले जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रिया मार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपियाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो । अगाडि र पछाडि गुड्न सक्ने सो रेलहरु अहिले जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।

द नेपाल टप 

Views: