d

उपेन्द्र यादव समूह संसदमा सत्ता पक्षको लाइनमा बस्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ ।  जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव समूह आइतबारदेखि सुरु हुने संघीय संसद्को अधिवेशनमा सत्ता पक्षको 'रो' मा बस्ने निर्णय गरेको छ ।
शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दलको बैठकले पार्टी सत्ता गठबन्धनमा रहेको र सरकारमा जाने तयारीमा रहेकाले सत्ता पक्षको रोमा बस्ने निर्णय गरेको हो ।
पार्टी नेता महेन्द्र राययादवले सत्ता पक्षको रोमा बस्ने भन्दै त्यसको व्यवस्था गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको बताए ।
त्यस्तै बैठकले पार्टीबारे निर्वाचन आयोगमा आइतबारदेखि हुन लागेको सुनुवाइमा आफ्नो समूहका सबै कार्यकारिणी समिति र सांसदहरूलाई उपस्थित हुन पनि निर्देश दिएको छ ।

Views: