d

बाढिको कारण पश्चिम युरोपमा १७० जनाको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पश्चिम युरोपमा अत्याधिक वर्षासँगै आएको बाढीमा कारण  ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख गरिएको छ।

बाढीका कारण धेरै नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने बीबीसीले जनाएको छ । बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ । 

भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन् । युरोपका नेताहरुले जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन् । विज्ञले जलवायु परिवर्तनकै कारण ठूलो वर्षाको सम्भावना बढ्दै गएको बताएका छन् ।

Views: