d

भिम रावलले दिए सांसद पदबाट राजिनामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । दिउँसो सिंहदरबारमा भएको नेपालनिकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले राजिनामा घोषणा गरेका हुन् ।

राजीनामाको घोषणा गरेका भिम रावलले बानेश्वरस्थित संसद भवनमा गएर सभामुख अग्नी सापकोटासमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद रावल पछिल्लो समय पार्टी एकताको पक्षमा उभिएका थिए । नेपाल पक्षको तर्फबाट कार्यदल संयोजक रहेका रावलसहित १० जना सदस्यले असार २७ गते राति १० बुँदे सहमति गरेका थिए । सोही सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेता नेपाललाई दवाव दिँदै आएको भए पनि नेपालले भने असन्तुष्टि जनाएका थिए ।

Views: