d

पार्टी भित्रका सबै समस्या महाधिवेशन बाट हल गर्नुपर्छ - राप्रपा नेता पौड्याल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गोपाल पौड्याल पार्टी भित्र देखिएका सबै समस्यालाई महाधिवेशनले निकास दिने बताएका छन् । विरोधी र विपक्षी पार्टीका कार्यकर्ता भन्दा आफ्नै पार्टीका कार्यकर्ताहरुले पार्टी नेतृत्वलाई निरन्तर प्रहार गर्नु दु:खद भएको बताएका छन् । 

 नेता पौडेल सामाजिक संजालमा लेखेका छन्, 'हाम्रा नेताहरूले पनि तत्कालीन अवस्थामा जोखिम मोलेर यो मुद्दा  स्थापित नगरेको भए हामी कहा हुन्थियौ भन्न सकिन्न।'

मिडिया नेपालका अध्यक्ष समेत रहेका केन्द्रिय नेता पौडेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्: 

राप्रपामा कलिलो उमेर देखि यौवन सम्म आइपुग्दा धेरै घटना र संझनाहरु गासिएका छन ।जुङ्गाको रेखि नबस्दै देखि आफ्नो योग्यता र क्षमताले भ्याएसम्म योगदान गरिएकै छ । कुनै नातागोता आफन्त पञ्च भएर यो पार्टीमा लागेको होइन । पञ्चायतसंग कुनै साइनो र नाता थिएन । जुन विचार र सिद्धान्तमा लाग्न पनि स्वतन्त्र थियौ । आस्था र विश्वासका कारण पार्टीमा निरन्तर छौ । 
विरोधी र विपक्षी पार्टीका कार्यकर्ता भन्दा आफ्नै पार्टीका कार्यकर्ताहरुले आफ्नै नेतृत्वलाई निरन्तर प्रहार गरेको देख्दा अचम्म लागेर आउँछ । आफ्नो धरातल बिर्सेर निरन्तर गाली गर्नु दु:खद हो र निन्दनीय पनि छ ।कति कुरा चित्त नबुझ्न सक्छन् कहिलेकाही सुझाव दिनु गाली गर्नु स्वभाविक हो तर निरन्तर प्रहार गर्नु दु:खद हो । 
पृथ्वीनारायण शाहले आर्जेको मुलुकमा शासन गर्न केपी ओली देउवा  सम्मले पाएकै छन । पृथ्वीनारायण शाहले ठुलो जोखिम उठाएर नेपाल देश  नबनाएको भए अहिले ओलि देखि देउवा सम्म नेपालको प्रधानमन्त्री हुन पाउथे कि पाउन्न थे । हाम्रा नेताहरूले पनि तत्कालीन अवस्थामा जोखिम मोलेर यो मुद्दा  स्थापित नगरेको भए हामी कहा हुन्थियौ भन्न सकिन्न । जस्ले निर्वाध रुपमा हिड्ने राजमार्ग बनाइदियो  उसैको मात्र सबै गल्ती ??  उ नै हरेक कुराको दोषी ??  त्यो भन्दा पछिल्ला नेताहरुको कुनै जिम्मेवारी छैन/ हुदैन ??
तर कांग्रेस कम्युनिस्ट जस्तो जनता उचालेर पृथ्वीनारायण शाह नै खराव उसको सन्तान नै खराव भनेर मुलुकमा आन्दोलन गरे राजा पनि फाले तर अहिले देशको अवस्था कस्तो छ छर्लङ्ग छ हामी भोगिरहेका छौ । पृथ्वीनारायण शाहको तस्बिरमा माल्याBर्पण गर्दै हिडेको पार्टीको दुरदसा पनि भोलि त्यस्तो नहोस । निरन्तर प्रहार नगरौ महाधिवेशन जति सक्दो चाडो गरौ फैसला हाम्रै हातमा छ ।

Views: