d

देउवालाई पहिलो राजाले र अहिले अदालतले प्रधानमन्त्री बनायो - प्रदिप ज्ञवाली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई श्रीमान् ले प्रधानमन्त्री नियुक्त गरेको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा बोल्दै उनले राजतन्त्र रहँदा श्री ५ ले प्रधानमन्त्री नियुक्ती गर्ने तर अहिले श्रीमान् ५ ले अदालतबाट प्रधानमन्त्री तोकेको टिप्पणी गरेका हुन्।

त्यस्तै एमाले सत्ताबाट हट्नु परेकोमा चिन्तित नभएको जिकिर गर्दै सांसद ज्ञवालीले शक्ति पृथकीकरण खलबलिएकोमा चिन्तित बनेको बताए । त्यस्तै, उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेको दाबी पनि गरेका छन्।

Views: