d

माओवादीलाई हेप्न र अपमानित गर्न थाले आगो फेरि सल्किन सक्छ - प्रचण्ड 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केही पनि होइन भनेर नहेप्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आगोसँग खेल्ने काम त्यति राम्रो नहुने भन्दै माओवादीलाई हेप्न र अपमानित गर्न थालेमा आगो फेरि सल्किन सक्ने चेतावनी दिए  । उनले भारतीय जासुसी संस्था रअ प्रमुख सामंत गोयल र तत्कालीन प्रधानमन्त्री ओलीबीच बालुवाटारमा मध्यराति भएको भेटपछि अहिलेको अवस्था आएको टिप्पणी गरे । उनले  एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै गोहीको आँशु नबगाउन सुझाव दिए ।

अदालतले संविधानको मर्म र भावनाअनुरूप प्रतिनिधि सभा पुनर्स्थापना गरेको  भनाइ छ । प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु आश्चर्यजनक रहेको पनि बताए । ओली पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा अनुपस्थित भएकोबारेमा पनि प्रश्न उठाएका छन् । भिन्न मतलाई स्वीकार्न सक्ने आँट ओलीसँग नभएको पनि प्रचण्डले टिप्पणी गरे।

Views: