d

प्रधानमन्त्री बनेको पाँचौ दिन मै देउवालाई विश्वासको मत, १६५ सांसदले गरे समर्थन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

परमादेश बाट प्रधानमन्त्री बनेको भन्दै विपक्षी बाट कडा आरोप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभाले भारी मत दिएर आगामी डेड वर्षको लागी सरकारको नेतृत्व गर्ने म्यान्डेट दिएको छ।  संसद बैठक शुरु हुने बित्तिकै विश्वासको मत मागेका देउवालाइ १६५ जना सांसदले विश्वास गर्दै मत दिएका छन्। 
प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन १३६ मत आवश्यक पर्ने भए पनि उनले १६५ मत प्राप्त गरेका छन्  । मतदानमा २४९ जना सांसद सहभागी भएकाेमा विपक्षमा ८३ मत खसेका छन् भने एक मत तटस्थ रहेकाे छ । उनले कांग्रेस, माओवादी केन्द्र, जसपाको दुवै पक्ष, राष्ट्रिय जनमोर्चाका सांसद बाट विश्वासको मत प्राप्त गरेका छन् । एमालेको माधव नेपाल समूहका केही सांसदले मात्र देउवालाई  विश्वासको मत दिएका छन् । 

Views: