d

साउन महिनाको आज पहिलो सोमबार, भगवान शिवको विशेष पूजा आराधना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

साउन महिनाको पहिलो सोमबार आज भगवान शिवको विशेष पूजा आराधना गरिदैछ ।
 काठमाडौंको पाशूपत क्षेत्रमा पहिलो साउने सोमबारमा विगतमा जस्तो भिड देखिएन । मन्दिरका ढोका बन्द भएपनि केही भक्तजन भने पूजाअर्चनाका लागि पशुपतिनाथ मन्दिर पुगेका छन । सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकाले पशुपति भक्तजनका लागि खुल्ला नगरिएको हो । साउने सोमबारका दिन पशुपतिनाथ मन्दिरमा सामान्य अवस्थामा झण्डै एक लाख दर्शनार्थी पुग्ने गर्दछन् । साउने सोमबारका दिन शिवको आरधना गर्दै हिन्दु नारीहरू व्रत बस्दछन् ।

भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर महादेव, सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ 

Views: