d

पछिल्लो २४ घण्टामा भारतमा थप ३८ हजार कोरोना संक्रमित बिरामी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतमा पछिल्लो २४ घण्टामा थप ३८ हजार १६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। भने ३८ हजार ६६० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख २१ हजार ६६५ रहेको छ। भारतमा कोरोना संक्रमितको संख्या घटेपनि सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख भन्दा घट्न सकेको छैन।

यस्तै, संक्रमणका कारण थप ४९९ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण हालसम्म ४ लाख १४ हजार १०८ को मृत्यु भइसकेको छ।

 

Views: