d

बढ्यो सुनको मुल्य, प्रतितोला यतिले

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली बजारमा आइतबार ओरालो लागेको सुनको मूल्य साेमबार पुनः बढेको छ। स्थानीय बजारमा आइतवार ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमवार २ सय रुपैयाँले बढेको हो। 

सोमवार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

Views: