d

मुलुकभर राप्रपा प्रवेशमा जनलहर चलेको छ - राप्रपा नेता संग्रौला (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय निर्देशन समिती सदस्य लक्ष्मी संग्रौलाले मुलुकभर राप्रपाको जनलहर चलेको बताएका छन्।  गौरादह नगरपालिका वडा न ७ स्थित ग्वाल्डुब्बामा आयोजित नव प्रवेशीलाई स्वागत सम्मान गर्न आयोजित कार्यक्रममा नेता संग्रौलाले  राप्रपामा नागरिकको भरोसा बढ्न थालेको बताएका हुन्।  

 

 

May be an image of 2 people, including Laxmi Prasad Sangroula, people standing and outdoors

 

 

आगामी स्थानिय निर्वाचनमा राप्रपाले धेरै वटा स्थानीय तहमा विजय हासिल गर्ने बताउदै नेता संग्रौलाले गौरादहमा पनि राप्रपा बलियो शक्तीको रुपमा उदाएको आभास हुन थालेको बताए।  

 

May be an image of 2 people, including Laxmi Prasad Sangroula, people standing, tree and outdoors

 

आफु हरेक पटक गौरादह आउँदा नव प्रवेशीलाई पार्टीमा स्वागत गर्न पाएको स्मरण गर्दै नेता संग्रौलाले कांग्रेस र कम्युनिस्टले मुलुकलाई निकास दिने नसक्ने ठोकुवा गरे।  

 

May be an image of 2 people, people standing, tree and outdoors

 

सोमबार आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपामा  प्रवेश गर्नेहरुमा शंखर केवरत, शिबु केवरत, चन्द्रा देवि मंण्डल, मंगला प्रधान, हाग्रु माक्रा, तेज नारायण केवरत, कृस मणि केवरत, झुना मंण्डल, सोनम ताजपुरिया, शुस्मा पराजुली, गंगा निरौला, मनिशा कार्की, मेनुमाया भुजेल, यशोदा भुजेल, फुल कुमारी मंण्डल, र दुलाहारी केवरत रहेको बताइएको छ।  

 

May be an image of 3 people, including G van Adhikari, people standing and outdoors

 

नव प्रवेशीलाइ नेता संग्रौलाले रुद्राक्षको माला र रातो टीका  लगाइ स्वागत सम्मान अर्पण गरेका थिए।  May be an image of one or more people, people standing, tree and outdoors

 

कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको समेत उपस्थिति रहेको थियो।  

 

May be an image of 1 person, standing, tree and outdoors

 

May be an image of 2 people, people standing, tree and outdoors

 

May be an image of 3 people, people standing, outdoors and tree

 

तस्बिर: जीवन अधिकारी 

Views: