d

देउवा सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउनु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप भएको बताउनु भएको छ । आज नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गर्दै यस्तो बताउनु भएको हो। यसअघि हिजो संसद्मा विश्वासको मत लिने क्रममा पनि उहाले आफ्नो पहिलो प्राथमिकता भनेकै कोरोना विरुद्धको खोप हो भनेर भन्नू भएको थियो।

देउवाको सामाजिक सञ्जाल ट्विटर ह्याण्डलमा लेखिएको छ, 'मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु । खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु।'

Views: