d

गौरीया सिचाइ जल उपभोक्ता पिडित समूह गठन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे 

झापा/गौरादह: २०५३/०५४ देखि संचालनमा आएको गेउरिया सिचाइ आयोजनाको नहर गौरादह न पा ८ ले बाटो बनाउन पुरेपछि बिचमा अन्य जग्गा धनिले पनि पुर्न थालेका छन्। बनेको १ बर्ष मात्र नहरमा पानी बगेको र तेसपछि नहरमा पानी नबगेको स्थानीयको भनाई छ। बर्षामा भेल मात्र उक्त नहर हिउँदमा भने कहिले पानी नअाएको स्थानीय बताउँछन्।

असार ३० गतेका दिन जेष्ठ सदस्य वद्रीनाथ खतिवडाको अध्यक्ष्ातामा "गौरीया सिचाइ जल उपभोक्ता पिडित समूह "गठन भएको छ। उक्त पिडीत समुहले भारतीय प्रा.बि दुधालीको छेउमा रहेको डिभिजन बक्स पुर्व तर्फको ढोगा सधैंलाई बन्द गर्न निर्णय गरेको छ। यसको बोदार्थ गौरादह न.पा. ७ र ८ लाई दिने। साथै उक्त नहर सधैंलाई बन्द गर्न गौरीया सिचाइ जल उपभोक्ता समिति,जिल्ला सिचाइ कार्यलय भद्रपुर चिठी दिने निर्णय गरेको छ।

स्थानीय उपभोक्त हिरालाल वाग्ले :- बसौ देखि नचलेको नहर अहिले आवश्यक छैन। नहर बनेर पनि हिउँद मा पानी नअाएकोले हामीले नहर पुर्व बाध्य भयौं। गेउरिया नहर ८ नम्बर वडामा पानी लाग्दैन भने यसको के काम। फेरि पनि कतै हामीले हल्ला सुनेकोले गर्दा पिडित समूह गठन गरेका हौ। "

स्थानीय उपभोक्त हरि प्र ठाकुर :-"२० बर्ष भयो खनेको।खन्ने मात्र बजेट अाउने अनुगमन कहिले नहुने। पानी पुगेको छ कि छैन कहिले वास्ता नगर्ने। पानी नै नअाएपछि अब यस नहरको के काम।"

तेसो भए अहिलेसम्म अाएको बजेट काहाँ खर्च भयो।अहिले फेरि नहर खन्ने सुईको पाएका उपभोक्तले संघर्ष समिति गठन नै गरेका छन्। फेरि पनि नहर खनेमा जस्तो पनि कदम चाल्ने स्थानीयको भनाई छ। स्थानीय उपभोक्ताहरुको भेला बसेर यसरी गरेको निर्णयलाई भोलि कसरी सम्बोधन हुन्छ त्यो भने हेर्न बाकि छ।

Views: