d

राष्ट्रिय युवासंघले माधवकुमार नेपालको पुत्ला दहन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला दहन गरिएको छ । सोमवार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो । प्रदर्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएका बताए ।
सूर्य चिन्हबाट चुनाव जितेर आफूले रुखमा भोट हाल्न लगाउनु गद्दारीको पराकाष्टा भएको युवा संघको निस्कर्ष छ ।
-रासस

Views: