d

माधव नेपाल विरुद्द प्रदर्शन गर्दै पुत्ला जलाइयो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमाले अध्यक्ष केपी ओली निकट युवा संघले पार्टी माथी गद्दार गरेको आरोप लगाउदै वरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध प्रदर्शन गरेको छ ।

image: Nepalipatra


नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौँ २ मा युवा संघले सोमबार प्रदर्शन गरेको हो ।
नेपाल पक्षले आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विरोधमा युवा संघले प्रदर्शन गरेको हो । प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरु सबै नेपाल पक्षका हुन । त्यसको विरोधमा युवा संघले नेता नेपालको सांकेतिक शव बनाएर जलाएको छ।  

 

Views: