d

संवैधानिक पदाधिकारीको नियुक्ति खारेजीको मागसहित  सर्वाेच्चमा रिट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं : संसदीय सुनुवाइविना नै विभिन्न संवैधानिक आयोगमा ५२ पदाधिकारीको नियुक्ति खारेजीको मागसहित रिट निवेदन लिएर कानुन व्यवसायी पुनः सर्वोच्च अदालत पुगेका छन् ।

संसदीय सुनुवाइविना नै दुई पटक भएको संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । उनको रिट दर्ता भने भइनसकेको छैन । संवैधानिक व्यवस्थाविपरीत अध्यादेशका आधारमा बसेको संवैधानिक परिषदले गरेको नियुक्ति संविधानसम्मत नभएको र त्यो अध्यादेश वर्तमान सरकारले फिर्ता समेत लिइसकेको भन्दै अधिवक्ता अर्यालले रिटमा ती पदाधिकारीलाई कामकारबाही गर्नबाट रोक लगाउन माग गरेका छन् ।

रिट निवेदनमा प्रधानमन्त्री, राष्ट्रपतिको कार्यालय, मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदका पदाधिकारीहरु र त्यसको सचिवालयलाई विपक्षी बनाइएको छ । यसअघि पनि उनले दुई वटा निवेदन दर्ता गराइसकेका छन् । तर पनि उनको दुवै निवेदनमा पेशी तोकिएको छैन । अर्यालको रिट निवेदन हाल प्रक्रियामा रहेको र दर्ता वा दरपीठ केही नभएको सर्वाेच्च अदालतले जनाएको छ । नेपाल टप। 
 

Views: