d

पार्किङ्ग गरिएकाे माेटरसाइकल चढेकाे अवस्थामा युवाकाे शव फेला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर  विराटनगर स्थित भृकुटी चौकमा पार्किङ्ग गरि राखेको मोटरसाइकलमा एकजना पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका ५ स्थित चौक नजिक सोमबार राति करिब ८ बजे ६७ वर्षीय सुदर्शन शर्मा न्यौपाने मृत अवस्थामा फेला परेका हुन्।

मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले पार्किङ्ग गरि राखेको को ४ प २३१६ नम्बरको मोटरसाइकलमा चढिरहेको अवस्थामा मुनालपथका न्यौपानेको शव फेला परेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल मृतक न्यौपानेको नै रहेकाे खुलेको छ। घटनापछि प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल पुर्‍याएकाे छ।

Views: