d

चार महिना यताकै कम कोरोना संक्रमित भारतमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पछिल्लो २४ घन्टामा भारतमा थप ३० हजार ९३ जना कोरोनभाइरस संक्रमित भएको छ।

पछिल्लो चार महिनामा भारतमा सबैभन्दा कम संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो । यही समयमा भारतमा कोरोनाका कारण ३ सय ७४ जनाको निधन भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

२४ घन्टामा ४५ हजार २ सय ५४ जनाले कोरोना जितेका पनि छन् । 

अहिलेसम्म भारतमा ३ करोड ११ लाख ७४ हजारभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म भारतमा ४ लाख १४ हजार ४ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Views: