d

गैरआवासीय नेपाली संघको साधारणसभा कात्तिक ६ मा, महाधिवेशन प्रतिनिधिले शुल्क तिर्नु नपर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को शनिबार सम्पन्न ७८औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले संघको १०औं एनआरएन ग्लोबल सम्मेलन र १०औं साधारणसभा आगामी अक्टोबर २३–२५ २०७८ कात्तिक ६–८ मा आयोजना गर्ने निर्णय गरेको छ। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।    
    
अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ। यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले संघले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो। यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए।    
    
बैठकले गैरआवासीय नेपाली संघको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ। बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत पारित गरेको जनाइएको छ। रासस

Views: