d

एमाले गौरादह: नगर स्तरिय विस्तारित भेला सम्पन्न (तस्बिर सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा एमाले गौरादह नगर कमिटिको आयोजनामा पार्टीको विस्तारित भेला सम्पन्न भएको छ।  वर्तमान राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिक जिम्मेवारीको बारेमा छलफल गर्दै विस्तारित भेला सम्पन्न भएको हो । 

 

May be an image of one or more people and people standing

 

नगर अध्यक्ष मित्र देव काफ्लेले विस्तारित भेलाको उद्देश्य टेवल गरेपछि शुरु भएको छलफलमा वक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए।

वडा न ३ स्थित अतिथि सदनमा बुधवार आयोजित विस्तारित भेलामा पार्टीका केन्द्र, प्रदेश, जिल्ला लगायत स्थानीय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो।  

 

May be an image of अमर शिवाकोटी

 

 

विस्तारित भेलामा पार्टीको आगामी कार्यदिशा र स्थानीय पार्टी कमिटिले निर्वाह गर्नुपर्ने भूमिकाको सम्बन्धमा विशेष चर्चा गरिएको थियो।  

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १  आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले सत्ता छोड्दै गर्दा उत्पन्न परिस्थिती बारे चर्चा गरेका थिए।  

 

May be an image of 1 person and standing

 

पार्टी केन्द्रिय सदस्य समेत रहेका मन्त्री कार्कीले जवर्जस्ती बनाइएको देउवा नेतृत्वको सरकार सफल हुने कुनै आधार नै नदेखिएको जिकिर गरे। 

 उनले देउवा नेतृत्वको सरकार कांग्रेसको भदौमा हुने महाधिवेशन सम्म मात्र टिक्ने ठोकुवा गरे।  

जनताको म्यान्डेट अनुसार ५ वर्ष सरकार चलाउने एमालेलाई प्राप्त जिम्मेवारीलाई अदालतको परमादेशले रोकिए पनि पार्टी उतिनै जिम्मेवार ढंगले अगाडी बढ्ने बताए।  

 

May be an image of 3 people and people standing

 

संविधान सभा सदस्य तथा प्रदेश कमिटि सदस्य दिपक कार्कीले माधव नेपाल समूहले पार्टीलाइ गम्भीर मोडमा धकेलेको भन्दै पार्टीलाइ माथि उठाउने जिम्मेवारी आम कार्यकर्तामा आएकोले सजग हुन आग्रह गरे।  

 

No description available.

 

अप्ठ्यारो परिस्थितिमा कार्यकर्ताले नै पार्टीलाई माथि उठाउदै आएको भन्दै आगामी निर्वाचनमा पार्टीले स्पष्ट बहुमत प्राप्त गर्ने ठोकुवा गरे।   

कार्कीले कांग्रेस र माओबादीको सत्ता लिप्सामा २२ जना एमाले संसदले साथ दिदा मुलुक गम्भीर दुर्घटनामा पुग्ने खतरा रहेको बताए।  

 

No description available.

 

 

सबै तहका कार्यकर्ता माथि पार्टी निर्माणको जिम्मेवारी थपिएको अवगत गराए।  

जिल्ला सचिव मदन अधिकारी, जिल्ला सचिवालय सदस्य याेगराज दाहाल लगायतले मन्तब्य राखेको  कार्यक्रममा  युवासंघ गौरादह नगर अध्यक्ष विपिन ओझा तथा अनेरास्ववियूका जिल्ला अध्यक्ष समर्पण खतिवडाले आ-आफ्ना जनवर्गीय संगठनको वर्तमान अवस्था बारे जानकारी गराउदै आगामी जिम्मेवारीको समेत चर्चा गरेका थिए।  

 

No description available.

 

 

 नगर अध्यक्ष मित्रदेव काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कार्यालय सदस्य यादव अधिकारीले गरेको एमाले १ न प्रदेश कमिटि सदस्य अम्बर सिवाकोटी द्वारा पर्दाफासलाइ जानकारी प्राप्त भएको छ। 

 

No description available.

 

तस्बिर: पंकजा भण्डारी 

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

 

Views: