d

किन जान्छ गौरादहमा बारम्बार लाइन ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: बारम्बार लाइन गएको विषयमा गौरादहका सेवाग्राहीहरु आजित हुने गरेका छन्।  कहिलेकाहीं लामो समय लाइन नहुने र १ / १ मिनेटमा बिजुली आउदै जाँदै गर्दा घरायसी विद्युतीय उपकरणमा समेत क्षती हुने समस्या देखिएको हो।  

लामो समय सम्म लाइन जाँदा अनलाइन कक्षामा पढ्न बाध्य बिद्यार्थीलाई सबै भन्दा ठुलो समस्या देखिएको पाइएको छ।  

लामो समय देखि ढुक्क संग बिजुली प्रयोग गर्न पाएका सेवाग्राहीहरु हिजोआज बारम्बार बिजुली जाने झन्झटको सामना गर्नु परेको बताउछन् गौरादह ४ का सरोज दाहाल।  
लोड्सेडिङ्ग भएको जस्तै गरि लाइन जान थालेको भन्दै उनले चिन्ता प्रकट गरेका छन्।  

शिक्षक समेत रहेका दाहाल भन्छन्, 'यहि पाराले लाइने काटिने हो भने अनलाइन कक्षा संचालन गर्न एकदमै समस्या हुन्छ। '

बारम्बार बिजुली जाने कारण बारे  बिद्युत प्राधिकरण गौरादहका इन्जिनियर रोशन खतिवडा वर्षाको कारणले नै यो समस्या आएको बताउछन्।  वर्षाको मौसममा स-साना छिद्र बाट पानी छिर्ने र शर्ट हुने समस्या रहेको देखिएको उनको बुझाइ छ। 

'प्राय वर्षाको मौसममा यो समस्या देखिएको हो, पानी पर्ने मौसम सकिएपछी लाइन जाने समस्या पनि हटेर जान्छ', खतिवडाको भनाइ छ।  

पछिल्लो समय पाडाजुङ्गि फ़िडरमा समस्या देखिएकोले पनि बारम्बार लाइन काट्नु परेको खतिवडा बताउछन्।  

फ़िडरमा के समस्या छ भनेर खोजि गरिरहेका छौं, अहिले सम्म पत्ता लगाउने सकेको अवस्था छैन, अहिले पनि पाडाजुङ्गि फ़िडरमै हाम्रो टिमले चेकजाँच गरिरहेको छ।  

Views: