d

पार्टी एकताको पक्षमा ओली, नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन आफू तयार रहेको बताएका छन्। बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन नेता नेपाललाई दोस्रो अध्यक्ष दिन आफू तयार रहेको बताएका हुन्।

‘माधव नेपालले मिल्ने हो भने भने दोस्रो अध्यक्ष दिनुस् भनेँ । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ ओलीले भने ।  तर, आफूले दोस्रो अध्यक्ष दिन्छुभन्दा पनि नेता नेपालले एकताप्रति इच्छा नदेखाएको उनले बताए।

‘मैले दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ । त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ?,’ ओलीले भने, ‘ढुक्क हुनुस् त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन् ।’

अध्यक्ष ओलीले आफू एकताका लागि हदैसम्म लचिलो भएको पनि बताए । ‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ,’ उनले भने, ‘१०बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन् ।’

अध्यक्ष ओलीले संसदमा आफ्नै पार्टीको सरकार विरुद्ध मत हालेर अनैतिक, अराजनीतिक र आपराधिक काम नेपालले गरेको पनि बताए । ‘संसदमा आफ्नै पार्टीको सरकारविरुद्धमा मत हालियो । यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो । तर, पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । म थाकेको छैन,’ ओलीले भने । 

उनले आफूले पार्टी एकताका लागि कुनै कञ्जुस्याइँ नगरेको पनि बातए । ‘मैले एकताका लागि कुनै कञ्जुस्याइँ गरेको छैन र गर्दिनँ पनि,’ उनले भने । अध्यक्ष ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने पनि बताए ।

‘पार्र्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राखिन्छ,’ ओलीले भने, ‘तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन दिइने छैन ।’ द नेपाल टप। 

Views: