d

चीनमा बाढी: मृत्यु हुनेको संख्या २५ पुग्यो, ७ जना अझै बेपत्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एजेन्सी । चीनको हेनान प्रान्तमा आएको ठूलो बाढीका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।  अझै सात जना बाढीमा हराइरहेका स्थानीय सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

चीनमा जुलाई १६ देखि अहिलेसम्म देशका ८९ क्षेत्र, जिल्ला र सहर बाढीबाट प्रभावित भएका विवरण सार्वजनिक गरिएको छ।

चीनमा बढीका कारण १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने एक लाख ६४ हजार ७१० जना विस्थापित भएका छन्।  

Image: Al jazeera

प्राकृतिक प्रकोपले ७५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

Views: