d

चाइनिज खोप लिएर आज आइपुग्दै नेपाली ध्वजावाहक जहाज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं :  चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज आइपुग्दै छ। 

गएराति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बताए।  भेरोसेल लिएर आएको जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने छ।  निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो, आज पनि सोही संख्यामा खोप ल्याउने जनाइएको छ। 

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन्। 

सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो । 

file image

Views: