d

संविधानको धारा ७६ (५) संसोधन गर्नैपर्ने ओलीको निष्कर्ष

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं :  सत्ता बहिर्गमनमा परेका निवर्तमान प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६ (५)  संसोधन गर्नैपर्ने जिकिर गरेका छन्। 

​आफूपक्षीय केन्द्रीय कमिटीको बैठकमा ओलीले संविधान नै संशोधन गर्नुपर्ने निष्कर्ष सुनाएका हुन्‌। 

संविधानको धारा ७६ (५) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत लिँदा प्रतिनिधि सभामा फ्लोर क्रस गर्ने सांसद्‌हरूलाई कारबाही गर्न नपाउने फैसला सर्वोच्चले गरेको छ। 

एमाले ओलीपक्षीय बैठकले संविधानको धारा ७६ (५) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीलाई फ्लोर क्रर गरेर सांसद्‌हरूले विश्वासको मत दिँदा पार्टीले कारबाही गर्न पाउने व्यवस्था राख्नेगरी संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको नेताहरूले बताएका छन्‌।

file image

Views: