d

अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिनुको कारण यस्तो ....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। 

पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका सम्बन्धमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्। उनले बुधबार प्रधानमन्त्री समेत रहेका पार्टी संसदीय दलका नेता शेरबहादुर देउवा समक्ष राजीनामा पत्र बुझाएका हुन्। 

आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन्। 

file image

निधिको व्यवहारका कारण प्रदेशमा कांग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको तर्क छ। 

‘मधेसमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनस्र्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’ सिंहले राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन्। कांग्रेसमा महाधिवेशन नजिक आइसक्दा पनि क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन। 

 

 

 

Views: