d

संरक्षणको पर्खाइमा एक जोडी वर र पिपल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल 

झापा: स्थानीय तहले स्थानीय ठाउँको विकास गर्ने बहानामा सयौं बर्ष पुराना बर र पिपलका रुख काटेर प्राकृतिक सौन्दैर्यता विनास गर्दै गर्दा  गौरादह ६ का युवाहरुले आफ्नो गाउँमा भएको एक जोडा बर र पिपलको संरक्षण गर्न पहल थालेका छन्।  गौरादह ६ दामुना बजार नजिकै रहेको शान्ति चोकमा रहेको बर र पिपलको जोडीलाई संरक्षण गर्ने पहल गरिएको हो।

 

No description available.

 

 

शान्ति चोकमा रहेको बर र पिपलको जोडी साँच्चिकै मनमोहक छन् र मानव जीवनलाई शितलता प्रदान गरिरहेका छन्।

उमेरको हिसाबमा धेरै पुराना यी दम्पती वृक्षको प्रसंसा नगर्ने सायदै कोही नहोलान्।  

गाउँको गहनाको रुपमा रहेको यो जोडी वृक्ष निकै सुन्दर छन् र धेरै वटा पिंढीलाई शितल छहारी दिएका छन्। 

धार्मिक दृष्टिकोणले पनि अत्यन्तै ठुलो महत्व बोकेकाका यस्ता वर र पिपलले शितल छहारी मात्र दिएका छैनन् , अक्शिजनको महत्वपूर्ण श्रोत बनेर मानव जीवनलाई जीवनदान समेत दिने वैज्ञानिक मत पाइन्छ।  

 

No description available.

 

अक्शिजनको महत्वपूर्ण भण्डार भएकै कारण वर र पिपलको वृक्ष मुनीको माटोमा अनगिन्ती प्रकारका शुक्ष्म मित्रुजीवले वसोवास गर्ने बैज्ञानिकहरुको तर्क छ।  

प्रक्रितिविद तथा आयुर्वेदाचार्य वालकृष्ण सामाजिक संजालमा भिडियो शेयर गर्दै भन्छन्, 'वर र पिपलको वृक्ष मुनिको थोरै माटो लगेर विरुवाको फेदमा हलिदिनुस, यसले विरुवामा चमत्कारिक परिवर्तन आउँछ।'


शुक्ष्म मित्रुजीवले जमिनलाई उर्वर बनाउन मद्दत गर्ने उनको तर्क छ।  

पंचायतकालमै संरक्षण गर्दै राखिएको यी दुवै वृक्षमा उति बेलै फलैचा समेत निर्माण गरिएको छ।  फलैचा निकै पुरानो भएकाले अहिले जिर्ण अवस्थामा पुगेको देखिएको छ।  

 

No description available.

 

 

स्थानिय युवा कमल श्रेष्ठ भन्छन्, 'खाना खाएपछि गाउँभरिका मानिसहरु भेला हुने र भलाकुसारी गर्न पाइने यो चौतारीको संरक्षण गर्नु जरुरी छ।'

त्यसो त यी वृक्षमाथि पनि प्रहार भने नभएको होइन।  वडा कार्यालयले आधुनिक पार्क बनाउने भन्दै बर र पिपललाइ हटाउने योजना बनाइएको स्थानीयको भनाइ छ।  

'एक पटक वृक्षहरु काट्ने भन्दै हल्ला चलाइएको थियो, युवाहरुको चर्को बिरोध आए पछी उनीहरु फर्किए।', स्थानिय सचेत युवा मिलन रुपाखेतीले बताए। 


'हाम्रै पहलमा २ लाख रुपैयाँ बजेट विनियोजन भएको छ, युवाले नै मिलेर शान्ति चौकलाई रमणीय स्थल बनाउने प्रयासमा छौं',  रुपाखेती बताउछन्। 

 'अहिले सार्वजनिक जमिन मिचेर सानो साँगुरो भईसकेको छ। यो जमिन संरक्षण नगरे एक दिन सबै सकिने छ।', वर पिपल भएको स्थानको फरिकिलो जमिनमा बाल्यकालमा फुटबल खेल्ने गरेको स्मरण गर्दै स्थानीय युवा गौरव कार्कीले चिन्ता प्रकट गरे। 

सडक निर्माण गर्ने समयमा नै शान्ति चोकको सार्वजनिक जमिन खोजी गर्नु पर्नेमा वेवास्ता गरिएको युवाहरुको भनाइ छ।  

'२ लाख रुपैयाँको उचित प्रयोग गर्दै चोकलाई सुन्दर बनाउने प्रयासमा जुटेका छौं, वर र पिपलको संरक्षण गर्दै सुन्दर पार्क निर्माण गर्ने योजना छ ।', प्रकृतिको उचित संरक्षण गर्नु आवश्यक रहेको बताउंदै स्थानिय सचेत युवा आकाश नेपालले भने।  

गणतन्त्र आए संगै निर्वाचित भएका जनप्रतिनिधीहरुले आधुनिक बजार निर्माण गर्ने भन्दै पुरातन र ऐतिहासिक महत्व बोकेका वर र पिपलको अनियन्त्रित अतिक्रमण बढेको बेला गौरादह ६ का युवामा देखिएको प्रकृती प्रतिको अगाध प्रेम र वात्सल्यताले एउटा अमुल्य उदाहरण प्रस्तुत गरेको छ।  युवाहरुमा देखिएको उत्साह र उदाहरणिय सोचबाट प्रेरित हुँदै वर र पिपल जस्ता पुरातात्विक वनस्पतीको संरक्षण गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ।   

Views: