d

एसियाली विकास बैंकले खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण दिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकारलाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ ।

बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न त्याे रकम ऋण स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलामा रहेकाे बैंकको प्रधान कार्यालयले जनाएको छ ।

Image: Asian Development Bank website

जीवन रक्षाका लागि अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवम् आर्थिक गतिविधि पुनः सञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे।  उज्यालो। 

Views: